Listen LIVE

पाल्पा टिप्पर दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

पाल्पा : पाल्पामा शनिबार बेलुकी भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर साँझ करिब ६ बजे दुर्घटनामा परेको हो ।

माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा भएको उक्त दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अर्घाखाँचीको सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चालक चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका–२ खैरेनीका करिब २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका चिदीको भैरहवा मेडिकल कलेज, रूपन्देहीमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो ।

दुर्घटनापछि टिप्पर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया