नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न ४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरीका अनुसार चैत ४ गते बैजनाथ गाउँपालिका–२ मैकैवारी क्षेत्रबाट अवैध उत्खनन् भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एउटा जेसीबी, २ वटा टिप्पर र एउटा ट्याक्टर गरी जम्मा ४ वटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि बैजनाथ गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय मा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले नदीजन्य स्रोतको अवैध दोहन रोक्न नियमित अनुगमन तथा कारबाहीलाई तीव्र बनाइएको पनि जानकारी दिएको छ ।
2026-03-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार