Listen LIVE

बैतडीमा बेवारिसे शव फेला

बैतडी : बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका ८ स्थित आरुबाटा भीरमा बेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।

बिहान विद्यार्थीहरुले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी चौकी खोड्पेको टोली घटनास्थलमा खटिएको छ ।

शव भीरमा रहेकाले निकाल्न नसकिएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदय खडायतले बताए ।

शव निकाल्नका लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आइरहेको छ ।  उक्त शव कसको हो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया