नेपालगञ्ज : नेपालगञ्जमा दुई हजार बढी गोलीका खोकासहित स्थानीयबासीले दुई जनालाई नियन्त्रणमा लिएका छन् ।
स्थानीयले नियन्त्रणमा लिएका व्यक्तिलाई वडा प्रहरी कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।
नेपालगञ्ज वडा नं. ३ मा चोरीको घटनापछि स्थानीयले राती गस्ती गर्दा करिब ३ बजे १ जना र थप एक जनालाई विहान नियन्त्रणमा लिएका हुन् ।
वडा नं. ३ का वडाध्यक्ष अयुब सिद्दिकीले चोरीको जनगुनासो पछि नियमित टोलबासीले राती गस्ती गर्दै आएको बताए । ‘राती ३ बजेतिर २–३ जनाले ढुंगामुढा गरेपछि जनताले लखेटे र एकजनालाई समातेका थिए’, उनले भने, ‘२ हजार ९७ वटा जति प्रयोग भैसकेको गोलीको खोका बरामद भएको छ ।’
स्थानीयबासीले चोरले चोरी गर्ने सूचनासमेत केही दिन अघि टाँसेपछि चोरीको डरले रातभर मानिसहरु राम्र्रोसँग नसुत्ने गरेको बताए ।
2025-09-21
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार