नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले सडक सिमा भित्र रहेका टहरा, होर्डिङ बोर्ड र अन्य संरचना १५ दिनभित्र स्वयम हटाउन अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।
राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने रत्न राजमार्गको “विपि चोकदेखि धम्बोजी” सम्म दुबै तर्फ फुटपाथ र वृक्षारोपण कार्यक्रमको निर्माण कार्य सुरु हुने भएकाले नालाको बाहिरी किनारबाट ७ फिट भित्र रहेका सबै प्रकारका संरचना हटाउन नगरपालिकाले अनुरोध गरेको हो ।
नगरपालिकाले तोकिएको समयभित्र संरचना नहटाइएमा सम्बन्धित कार्यालयले जबरजस्ती हटाउने र त्यस क्रममा हुने क्षति तथा हटाउने खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गरिने चेतावनी पनि दिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५(४) अनुसार यो निर्णय कार्यान्वयनमा ल्याइने बताइएको छ ।
उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले सबै सरोकारवालालाई समयमा सहयोग गर्न आग्रह गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार