Listen LIVE

ब्राउन सुगरसहित बाँकेमा दुई जना पक्राउ

नेपालगञ्ज : बाँके प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । जानकी गाउँपालिका–६ भाटनपुरबाट कोहलपुर नगरपालिका–१४ हवल्दारपुर डेरा गरी बस्ने ३८ वर्षीय प्रवेस अहमदलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले भे ५ प ४१०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई रोकेर जाँच गर्ने क्रममा ५ ग्राम १८० मिलिग्राम ब्राउनसुगर र नगद १३ हजार ७५ रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

त्यसैगरी कोहलपुर नगरपालिका–२ कौशीलानगरका २८ वर्षीय सागर जिसीलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले जिसीको घरमा छापा मारेर ४० मिलिग्राम ब्राउनसुगर फेला पारेको बाँके प्रहरीले जानकारी दिएको छ ।

दुवै जनामाथि इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया