कैलाली : कैलाली प्रहरीले चार ग्राम २१० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।
लागुऔषध बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सडकपुरबाट खटेको प्रहरी टोलीले बर्दगोरिया गाउँपालिका–२ बौनियाँका ४० वर्षीय रामबहादुर चौधरीको घरको कोठाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चौधरीसहित सोही ठाउँका २९ वर्षीय राधेश्याम डङ्गौरा, २६ वर्षीय रतिराम डङ्गौरा, वडा नम्बर ३ रानीकुण्डाका २४ वर्षीय ज्ञानेन्द्र विक र लम्कीचुहा नगरपालिका–८ का ३० वर्षीय जनक बडुवाल छन् ।
कोठामा खानतलासी गर्दा लागुऔषधसहित डिजिटल तराजु एक थान, कैंची र नगद सात हजार ५५० रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय सुखड्को हिरासत कक्षमा राखेर थप अनुसन्धानको भइरहेको जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार