नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँकेमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सपथ तथा पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ बाँके निर्बाचन समितीद्वारा आयोजित कार्यक्रममा मुख्य निर्बाचन अधिकृत शरण कर्माचार्यले नव निर्बाचित अध्यक्ष नवीन गिरी, पदाधिकारी र सदस्यहरू, केन्द्रीय परिद सदस्य र प्रदेश परिषद सदस्य प्रमाणपत्र प्रदान गदै सपथ ग्रहण गराएका थिए ।
कार्यक्रमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्बाचित अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके पत्रकार महासंघका अध्यक्ष नवीन गिरी, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगिन आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका पूर्बअध्यक्षहरू झलक गैरे, निरज गौतम, प्रेम केसी, लियाकत अलिलगायतले पत्रकारहरूको हकहितका लागि सबै पत्रकार एकजुट भई अगाडि बढ्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार