Listen LIVE

सशस्त्र प्रहरी बाँकेका एसपी डाँगी प्रधान कार्यालय तानिए

नेपालगञ्ज : सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरी नेपालगञ्जका सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीलाई प्रधान कार्यालय तानिएको छ । नेपालगञ्ज नाकाबाट हुँदै आएको तस्करी नियन्त्रण गर्न नसकेको र सर्वसाधारणमाथि कुटपिट गर्दै जिम्मेवारी बहन गर्न असमर्थ देखिएको भन्दै डाँगीलाई हेडक्वार्टर तानिएको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले प्रधान कार्यालयमा हाजिर हुने गरि डाँगीको सरुवा गरेको बताइएको छ । यसअघि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एसएसपी गंगाराम श्रेष्ठको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरी स्थलगत अध्ययनमा खटाएको थियो । समितिले अनुसन्धान सकेलगत्तै एसपी डाँगी केन्द्रमा तानिएका हुन् । नाकाबाट सामान ल्याइरहेका सर्वसाधारणमाथि कुटपिट गरेको भन्दै सशस्त्र प्रहरीको आलोचना भइरहेको छ ।

प्रतिक्रिया