दैलेख : राज्यका महत्त्वपूर्ण निकायको प्रमुख पदमा महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरिएको छ । अन्तरपुस्ता महिलाबादी मञ्चको आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशील तथा स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिले राज्यका महत्त्वपूर्ण निकायमा महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै दैलेखमा प्रदर्शन गरेका हुन् ।
नेपालको संविधान २०७२ ले राज्यका सबै संरचनामा महिलाको समानुपातिक समावेशी नेतृत्व हुनु पर्नेमा जोड दिएको भए पनि राजनीतिक दलले संविधानलाई बेवास्ता गर्दै राज्यका महत्त्वपूर्ण निकायमा महिलालाई पठाउन कन्जुस्याइँ गर्ने गरेका कारण देशभर प्रदर्शन गरिएको महिला अधिकारकर्मीले बताएका छन् ।
महिला अधिकारकर्मी सुनिता चन्दले संविधानमा व्यवस्था गरिएको अधिकारलाई राजनीतिक पार्टीले मिच्ने गरेको आरोप लगाइन् । उनले संविधानमा व्यवस्था गरियो त्यसमा प्रमुख वा उपप्रमुख पदमा एक महिला अनिवार्य भनिए पनि राजनीतिक दलका गठबन्धनले त्यसलाई उपेक्षा गरिएको बताइन् ।
उनले भनिन, ‘प्रमुख पदमा महिलालाई जिम्मेवारी दिन कन्जुस्याइँ गर्ने गरेको भए पनि उपप्रमुखमा महिलाले जिम्मेवारी नपाउने अवस्था आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
२०८४ सालमा हुने स्थानीय तह, प्रदेश तथा सङ्घीय निर्वाचनमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले अहिलेदेखि विभिन्न दबाबमूलक आन्दोलनका कार्यक्रम आयोजना गरिरहने महिला अधिकारकर्मी मिरा स्वर्णकारले बताइन् । उनले राज्यका प्रमुख पदमा महिला र दलितको प्रतिनिधित्व कानुनीरुपमा नभएर व्यवहारिक रूपमा नहुन्जेल महिलाले प्रदर्शन गरिराख्नु पर्ने बताइन् ।
उनले भनिन, ‘स्थानीय तहमा दलितको प्रतिनिधित्व केवल सदस्यका रूपमा मात्र भयो तर गाउँपालिका तथा नगरपालिका लगायत प्रदेश र सङ्घीय निर्वाचनमा दलित र महिलाका लागि निर्वाचन क्षेत्र नै विभाजन गर्नुपर्ने देखिन्छ ।
नारायण नगरपालिकाका उपप्रमुख तत्ताकुमारी थापाले महिलालाई प्रमुख पद दिन प्रमुख पार्टीले नै कन्जुस्याइँ गरेको बताइन् । उनले राजनीतिक पार्टीले महिलालाई विश्वास नमान्ने र उपप्रमुख र उपाध्यक्ष पदमा सीमित राख्ने गरेको बताइन् ।
उनले भनिन, “महिला पनि नेतृत्व लिन सक्षम र काम गर्न सक्ने भएकाले त्यसतर्फ दलको ध्यान जान आवश्यक छ । स्थानीय तहको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन सबै दलहरूसँग आग्रह गर्ने महिला अधिकारकर्मीले बताएका छन् । दैलेखको महावु गाउँपालिका अध्यक्ष र दुल्लु नगरपालिका –१३ मा वडाध्यक्ष पदमा निर्वाचन हुदैछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार