Listen LIVE

कोहलपुरमा चिडिमार नमुना बस्ती निर्माण गरिने

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका चिडिमार तथा खटिक समुदायको नमुना बस्ती निर्माण गरिने भएको छ । चिडिमार र खटिक समुदायको नमुना बस्ती निर्माणका लागि छिमेक समाज सेवा संस्था काठमाडौं–३१ बानेश्वरसँग सम्झौता गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए । 

नगर प्रमुख आचार्यले भने, ‘सम्झौता अनुसार छिमेक चिडिमार खटिक नमूना बस्ती निर्माणको काम केही दिनमै सुरुवात हुनेछ ।’ बाँके जिल्लामै अति विपन्न समुदायको रूपमा रहेका चिडिमार र खटिक समुदाय छन् । सम्झौता अनुसार कोहलपुर– १४ हवलदारपुरमा रहेका परिवारका लागि पहिलो चरणमा ८ घर निर्माण गरिनेछ । 

प्रति घर निर्माण लागत पाँच लाख रुपैयाँ रहेको छ । चिडिमार नमुना बस्तीका लागि करिब ८५ लाख लगानी गरिने भएको छ । नमुना वस्ती निर्माणसँगै आवश्यक अन्य संरचनाको कामलाई समेत अघि बढाइने नगर प्रमुख आचार्यको भनाइ छ ।

प्रतिक्रिया