नेपालगञ्ज : यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा भ्रष्टाचारबिरुद्ध शुद्धिकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यालयबाट प्रदान गर्ने सेवा, सुबिधाको प्रभावकारिताको माग गर्दै बास नेपालको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । भ्रष्टाचारबिरुद्ध दबाब दिनका लागि आधा घण्टा सांकेतिक धर्ना दिईएको उक्त कार्यक्रममा भ्रष्टाचारबिरुद्धका बिभिन्न सन्देशहरु प्रर्दशन गरिएको थियो ।
बास नेपालका अभियन्ताहरुले बिहान १० बजेदेखि आधा घण्टासम्म साँकेतिक धर्ना दिएको उक्त कार्यक्रमको अन्तमा १३ बुंदे ज्ञापन पत्र बुझाईएको छ । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सचिव जोशिना थारुले यातायात व्यवस्था कार्यालयका कार्यालय प्रमुख रमेश बुढाथोकीलाई ज्ञापन पत्र हस्तान्त्रण गरेकी थिइन् ।
ज्ञापन पत्रमा कार्यालयबाट सेवा प्रदान गर्दा भईरहेका सबै खालका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाईयोस, नागरिकहरुको गुनासो सुनुवाईका लागि नियमितरुपमा सार्बजनिक सुनुवाई गर्ने व्यवस्था मिलाईयोस, भ्रष्टाचारबिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस लगायतका सुझाबहरु उल्लेख गरिएको थियो ।
ज्ञापन पत्रमा सुचना अधिकारी र गुनासो सुन्ने अधिकारीलाई थप सक्रिय बनाईयोस, बिना झण्झट आबश्यक सुचना र सेवा सर्बसाधारणलाई उपलब्ध गराईयोस, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरियोस, सुचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरियोस, कार्यालयमा नागरिक बडापत्र र गुनासो पेटिकाको उचित व्यवस्था गरियोस, बिचौलिया, दलालहरुलाई कार्यालयमा प्रबेश निषेध गरियोस, सवारी चालक अनुमति पत्र जारी गर्दा भएका, हुने, हुन सक्ने भ्रष्टाचार रोकियोस, कार्यालयबाट प्रदान गर्ने सेवालाई पारदर्शी र प्रभावकारी बनाईयोस, बढि भ्रष्टाचार हुने कार्यालयको रुपमा परिचित यातायात व्यवस्था कार्यालयको छवि सुधार गर्न माग गरिएको छ ।
सरकारी निकायमा हुने भ्रष्टाचारका बिरुद्धमा रखवारी गर्ने, साँकेतिकरुपमा शान्तिपूर्ण बिरोध जनाउने, असल कार्यको प्रोत्साहन र खराब कार्यका बिरुद्ध जनमत सृजना गर्ने र समस्या समाधानका लागि सम्बद्ध निकायको ध्यानाकृष्ठ गर्ने उद्देश्यले शुद्धिकरण कार्यक्रम गरिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार