Listen LIVE

प्रतिबन्धित भारतीय कुखुरासहित दुईवटा मोटरसाइकल नियन्त्रणमा

नेपालगञ्ज : नेपाल प्रहरीले नेपालगञ्जको परसपुरबाट भारतदेखि ल्याइएको अन्दाजी डेढ क्विन्टल अवैध बोइलर कुखुरा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँके र प्रहरी चौकी साइँगाउँको संयुक्त टोलीले नेपालगञ्ज –१७ परसपुरबाट अन्दाजी १ सय ५० किलो बोइलर कुखुरा र तस्करीमा प्रयोग भएका दुईवटा मोटरसाइकलसमेत बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान १० बजे जिप्रकाबाट गएका प्रहरी वरिष्ठ नायब निरीक्षक नदिरमा खड्का र साइँगाउँ प्रहरी चौकी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक हरि खड्काको संयुक्त टोलीए भारतबाट ल्याएर आइएको उक्त परिमाणको बोइलर कुखुरासहित प्रहरीले बा३५प ४५९५ र भे४प ६३८२ नम्बरका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।

बरामद गरिएको अवैध कुखुरासहित नियन्त्रणमा लिइएका दुई मोटरसाइकललाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया