नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीलाई आज स्वागत गरेको छ । गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा अध्यक्षहरु मो. रजा राई, राजकुमार कुर्मी, रमेश कुमार बर्मा, कार्यपालिका सदस्यहरु राम आचल धोवी, राजेन्द्र सिंह र कर्मचारीहरुले नेपालीलाई स्वागत गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेलको सरुवा भएपछि उनको ठाउँमा नेपाली आएका हुन् । नेपालीको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुने बताए । उनले प्रमुख प्रशासकीय अधिकृत इन्साफको कक्षमा बसेकोले सबैलाई मिलाएर सबैसंग समन्वय र सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।
त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत नेपालीले नीति नियम र कानुन अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबैसंग समन्वय र हातेमालो गरेर काम गर्ने स्पष्ट पारे । सेवाग्राहीहरुलाई दिने सेवा सुविधा दिन सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार