बर्दिया : सामुदायिक वनबाट काठ दाउरा अवैधरूपमा चोरी पैठारी हुन थालेपछि बर्दियाको गुलरिया नगरपालिका ४, ५ का महिलाहरू सामुदायिक वन जोगाउन दैनिक गस्ती जाने गर्छन् ।
२०५१ सालदेखि ६८ जना महिलाहरू मिलेर संरक्षण गर्दे आएको भृकृटी महिला सामुदायिक वन क्षेत्रबाट रुखनै चोरी हुन थालेपछि वन संरक्षणका लागि महिलाहरू सक्रिय हुन थालेका हुन् । महिलाहरू दैनिक जसो गस्तीमा समेत जाने गरेका छन् । सामुदायिक वन क्षेत्रमा लगाइएको सिसौं, खयर, बकैना, अस्ना लगायतका रुखहरू चोरी हुन थालेको महिलाहरूले बताएका छन् । गुलरिया नगरपालिकाको ५ मा पर्ने सामुदायिक वनमा चोरी पैठारी बढेसँगै महिलाहरूले समुह बनाएर वनको रेखदेख समेत सुरु गरिएको हो ।
करिब ३० हेक्टर जमिनमा फैलिएको भृकुटी महिला सामुदायिक वन ६८ घरधुरी संलग्न रहेका छन् भने वन जोगाउनका लागि तीन दशकदेखि आफूहरू सक्रिय रहेको भृकुटी महिला सामुदायिक वनकी उपाध्यक्ष सीता ज्ञवालीले बताइन् । सुरुसुरुमा ५ जनाको समुह बनाएर बनको रेखदेख हुँदै आएको थियो तर पछिल्लो सयम वन क्षेत्रमा चितुवाको आक्रमण बढ्न थालेपछि अहिले प्रत्येक दिन १० जनाको समुह बनाएर गस्ती गर्न थालेको भृकुटी महिला समुहकी उपभोक्त यमुना पौडेलले बताइन् ।
सुरुमा बबई नदीको बगर भएको क्षेत्रलाई २०५१ सालमा सामुदायिक वनमा परिणत गरेर बगरबाट वृक्षारोपण सुरु गरेका थियौँ । नदीको बगर हरियाली भयो तर बगर हरियाली भएसँगै महिलाहरूले संरक्षण गरेको सामुदायिक वनबाट रुख बिरुवा चोरी हुन थालेपछि आफैँ त्यसको निगरानी गर्नु परेको भृकृटी महिला सामुदायिक वनकी अध्यक्ष शान्ता ज्ञवालीले बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार