Listen LIVE

बाँकेमा फरार अभियुक्तमध्ये बाउन्न जना पक्राउ

नेपालगञ्ज : बाँके प्रहरीले एक महिनाभित्रमा विभिन्न मुद्दाका फरार ५२ अभियुक्तलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट असोज महिनामा सम्पादित प्रमुख कार्य प्रगति बिवरण अनुसार, ५२ जना फरार अपराधी पक्राउ गरिएको हो । जसबाट १० बर्ष ११ दिन कैद रु.१ लाख २४ हजार ८ सय ५९ रुपैयाँ जरिवाना असूल उपर गरिएको छ ।

यस्तै असोज मसान्त भित्रमा १ सय १९ वटा मुद्दा दर्ता भएकोमा १ सय ७ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याईएको छ भने २५ वटा पेण्डिङ मुद्दाहरु फर्छ्योट गरिएको छ । 

ठाडो उजुरी ६ सय ११ वटा प्राप्त भएकोमा ४ सय ४७ वटा फर्छ्योट भएका छन् । ९३ वटा बाँकी निबेदन फर्छ्योट प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया