Listen LIVE

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी मंसिर ५ गते नेपाल भ्रमणमा आउँदै

काठमाण्डौ : छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मंसिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन् ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई मंसिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति अशोकराज सिग्देलसँग भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा भेटवार्ता गर्नेछन् ।

नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् । उनले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिरया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची छ ।

प्रधानसेनापति सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणमा आउन लागेका हुन् ।  नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

प्रतिक्रिया