नेपालगञ्ज : हिंसात्मक प्रदर्शनमा पत्रकारलाई मार्ने राजावादीहरुविरुद्ध नेपाल पत्रकार महासंघले विरोध प्रदर्शन गरेको छ ।
पूर्वराजा समर्थकले शुक्रबार काठमाण्डौको तीनकुनेमा आयोजना गरेको आन्दोलनका क्रममा पत्रकारमाथि भएको आक्रमण र रिपोर्टिङका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको घटनामा संलग्न दोषीहरुलाई कारबाहीको माग गर्दै महासंघको केन्द्रीय समितिले विरोध गरेको हो ।
सञ्चारकर्मीहरुले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । राजावादीको प्रदर्शनका क्रममा रिपोर्टिङ गर्न पुगेका एभिन्युज टेलिभिजनका पत्रकार रजकको जलेर मृत्यु भएको थियो ।
यसैबीच आज बेलुका साढे ५ बजे नेपालगञ्जस्थित विपी चौकमा नेपाल पत्रकार महासंघ बाँके शाखाले श्रद्धाञ्जली सभा तथा विरोधसभा गर्ने बाँकेका अध्यक्ष नवीन गिरीले बताउनु भयो ।
2025-03-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार