नेपालगञ्ज : लागुऔषधसहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहाबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ बस्ने राजु पुन मगर र सोही ठाउँ बस्ने कस्मिक भण्डारीलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार दुवै जनाको साथबाट ट्रामाडोल लेखिएको ६ पत्ता र ट्रामाडोल जस्तै देखिने खुल्ला ३८ क्याप्सुल गरी जम्मा ९८ क्याप्सुल, नाइट्राजेपाम लेखिएको १ पत्ता र त्यस्तै देखिने खुल्ला २० क्याप्सुल गरी जम्मा ३० क्याप्सुल, कोरेक्स १०० एमएल र ५२० मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसंधान भईरहेको प्रहरीको भनाई छ ।
2025-06-22
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार