Listen LIVE

लागुऔषधसहित बाँकेमा एक जना पक्राउ

नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–६ बस्ने २२ वर्षीय अर्जुन थारू लागुऔषधसहित पक्राउ परेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ६० मिलिग्रामसहित उनलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरि थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया