Listen LIVE

झुठो विवरण पेश गर्ने ४ जनाको नागरिकता खारेज

बर्दिया : जिल्ला प्रशासन कार्यालय बर्दियाबाट झुठो विवरण पेश गरी दोहोरो नेपाली नागरिकता लिएकाको छानबिन शुरु गर्न थालेको छ । यस क्रममा जिल्ला प्रशासन कार्यालयबाट चारजनाको नागरिकता खारेज गरेको जनाएको छ । 

चारवटै नागरिकता गत असारमा खारेज गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । बारबर्दिया नगरपालिका–८ का सुनिल केसीले ०७८ भदौ १५ गते जिल्ला प्रशासन कार्यालयमा बनाएको नागरिकता खारेज गरेको हो । उनले पुनः झुटो विवरण पेस गरी नागरिकता लिएको प्रशासन कार्यालयका मुद्दा फाँट प्रमुख विनय केसीले बताए ।

यस्तै, साबिक मगरागाडी गाविसका माया खड्काले माया लामाबाट ०७० साउन २४ गते नागरिकता लिएपछि खारेज गरिएको उनले जनाए । दोहोरो नागरिकता लिएका रामकुमारी थारु र मधुवन नगरपालिका–७ की श्री माया सुनारको पनि नागरिकता खारेज गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कडायतले ती सबै दोहोरा नागरिकता छानबिनपछि स्थानीय प्रशासनको निर्णयले खारेज भएको बताए । हाल ६ वटा यसै प्रकृतिका नेपाली नागरिकता छानविनको दायरामा भएको उनले बताए ।

प्रतिक्रिया