Listen LIVE

बाजुरामा भिरबाट लडेर एक जनाको मृत्यु

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौमुल गाउँपालिका–६ टाँडाकोट स्थायी घर भएका ५६ वर्षीया डम्बरबहादुर रोकाया रहेका छन् । घर नजिकैको पानीखाल भीरबाट लडेर बुधबार बिहान रोकायाको मृत्यु भएको हो ।

पानीखाल भन्ने जङ्गलमा बाख्रा चराउन गएका बेला रुखमा घाँस काट्न जाने क्रममा भिर बाट लडेर मृत्यु भएको आफन्त दीपेन्द्र रोकायाले बताए ।

भिरबाट लडेर करिब एक सय मिटर तल खोचा भन्ने खोलामा रोकायाको शव फेला परेको स्थानीय दिपेन्द्र रोकायाले जानकारी दिए ।

घटनाबारे थप विवरण सङ्कलन गर्न प्रहरी टोली समेत त्यसतर्फ गएको प्रहरीले कार्यालय बाजुराले जनाएको छ ।

बाजुरामा भिरबाट लडेर बर्षेनि दर्जन बढी स्थानीयको अकालमै ज्यान जाने गरेको छ ।

प्रतिक्रिया