Listen LIVE

राजापुरमा मानव बेचबिखन नियन्त्रण समिति पुनर्गठन

नेपालगञ्ज : बर्दियाको राजापुर नगरपालिकामा रहेको स्थानीय मानव बेचबिखन विरुद्धको समितिको एक कार्यक्रमका विच पुनर्गठन गरिएको छ ।

बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारी र राजापुर नगरपालिकाको सहकार्यमा संचालन गरेको सुरक्षा परियोजना अन्तर्गत मानव बेचबिखन विरुद्धको समितिको एक कार्यक्रमका विच पुनर्गठन गरिएको हो ।  

राजापुर नगरपालिकाका मेयर दिपेश थारूको अध्यक्षतामा सम्पन्न भएको बैठकमा मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति गठन तथा परिचालन निर्देशिका २०७८ अनुसार १९ सदस्यीय समिति पुनर्गठन गरिएको परियोजना संयोजक ईश्वर बिकले बताए । 

सो कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर थारुले स्थानीय सरकारले मानव बेचबिखन विरुद्ध प्रभावकारी कदम चाल्नका लागि सबै निकायसंग समन्वय र सहकार्य गर्दै अगाढी बढ्ने कुरा बताए । उनले समितिले पनि क्रियाशिल भएर काम गर्नु पर्नेमा जोड दिए । 

उक्त बैठकमा नेपाल प्रहरी, गैरसरकारी संस्था, पत्रकारहरू, विद्यालयका प्रधानाध्यापक तथा पालिकास्तरीय बालक्लबका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।

बैठकको संचालन राजापुर नगरपालिकाका सूचना प्रविधि अधिकृत खुसिराम थारूले गरेका थिए भने बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकेले सहजीकरण गर्दै परियोजनाका बारेमा बिस्तृत जानकारी दिनुका साथै बैठकको उद्देश्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा मानव बेचबिखनविरुद्धको समितिको नियमित बैठकहरू सञ्चालन गर्ने, सबै वडामा वडास्तरीय समिति गठन गर्ने, समितिको मुख्य प्रगतिहरूको समिक्षा गर्ने, बाल बेचबिखन बिरुद्ध समितिका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिमको योजना बनाउने लगायतका निर्णय गरिएको छ । सो कार्यक्रममा बाँके युनेस्को क्लबका फिल्ड सुपरभाइजर प्रमिशा थारू लगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया