नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा एक जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–२ बस्ने २५ वर्षीय हेमराज परियार ब्राउन सुगरसहित पक्राउ परेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय मिलिग्रामसहित उनलाई बाँके प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
2024-12-24
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार