नेपालगञ्ज : आज ३२ औँ विश्व प्रेस स्वतन्त्रता दिवस । दिवसका अवसरमा नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरिएको छ ।
दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा शनिबार बिहान नेपालगञ्जमा प्रभातफेरी गरिएको छ । स्थानीय सहिद सेतु बिक चोकबाट सुरु भएको प्रभातफेरी न्युरोड हुँदै महासंघ कार्यालय बसपार्कमा पुगेको थियो ।
महासंघ बाँकेका अध्यक्ष नवीन गिरीको अगुवाइमा गरिएको प्रभातफेरीमा बाँकेमा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रभातफेरी लगत्तै महासंघ कार्यालयमा पत्रकारहरुको लागि नसर्ने रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण गरिएको महासंघ बाँकेका सचिव कृष्ण ओलीले बताएका छन् ।
2025-05-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार