Listen LIVE

ट्रयाक्टर दुर्घटनामा सह–चालकको मृत्यु

जाजरकोट : जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्याक्टर दुर्घटना २१ वर्षीय युवक करण विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जाजरकोट प्रहरीका अनुसार चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय ट्याक्टरका  सहचालक करणको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका करणको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया