Listen LIVE

नेपालगञ्जमा झडप हुँदा एक जनाको मृत्यु

नेपालगञ्ज : नेपालगञ्जमा खसी किनबेचका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित बेहना टोलमा खसी किनबेचका क्रममा शुक्रबार राति साढे ९ बजे जाबिर अलि बेहना र सोही स्थानकै मुस्ताक अलि बेहना समेतबीच एकआपसमा झडप हुँदा जाबिर अलिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । 

बाँके प्रहरीका अनुसार जाबिरको उपचारका क्रममा सञ्जिबनी कलेज अफ मेडिकल साइन्सेज अस्पतालमा मृत्यु भएको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मुस्ताकसहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया