बर्दिया : बर्दिया जिल्लाको राजापुर नगरपालिका–१० खैरिचन्दनपुर कोठियाघाटमा ट्राफिक पोष्ट अगाडि एकदिने स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
इकाई प्रहरी कार्यालय राजापुर बर्दिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट राजापुरको आयोजना तथा नगर अस्पताल राजापुरको समन्वयमा आयोजित उक्त कार्यक्रममा हुलाकी सडकखण्डमा सञ्चालन हुने सार्वजनिक तथा अन्य सवारी साधनका चालकहरूलाई स्वास्थ्य परीक्षण गरिएको हो ।
कार्यक्रम अन्तर्गत ३० जना चालकहरूको रक्तचाप (प्रेसर), दृष्टि (आँखा), मदिरा परीक्षण (मा.प.से.) र लागू पदार्थ सेवन परीक्षण (ला.प.से.) सम्बन्धी उपकरण (कीट) प्रयोग गरी जाँच गरिएको नगर अस्पतालका स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।
सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात सेवा सुनिश्चित गर्ने उद्देश्यले यस्ता स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइने अस्थायी ट्राफिक प्रहरी पोष्ट जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार