Listen LIVE

ब्राउन सुगरसहित बर्दियामा एक जना पक्राउ

बर्दिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले ब्राउन सुगरसहित बर्दियाका एक युवकलाई पक्राउ गरेको छ । 

जिल्लाको गुलरिया नगरपालिका–११ लालपुर चोक नजिकै पुर्व पश्चिम हुलाकी राजमार्ग सडकखण्डबाट गुलरिया– ४ का २८ वर्षीय अनिल गोडियालाई ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

बर्दिया प्रहरीका अनुसार अनिललाई जाँच गर्ने क्रममा उनको साथबाट ६९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

ब्राउन सुगरसहित पक्राउ परेका अनिलविरुद्ध बर्दिया जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया