नेपालगञ्ज : लागुऔषध चरेशसहित एक नेपाली महिला भारतीय सीमावर्ती बजार रुपाईडिहामा पक्राउ परेकी छन् । रुपईडिहा थाना ईञ्चार्ज शम्शेर बहादुर सिँह र एसएसबी ४२औं बाहिनीका उप कमाण्डेन्ट रमनलालको संयुक्त टोलीले खानतलाशी गर्दा ५ सय ग्राम चरेशसहित रोल्पा जिल्ला मिरुल वडा नं. ४ बस्ने सीताकुमारी बुढालाई पक्राउ गरेको हो ।
पक्राउ गरिएको चरेशको अन्तर्राष्ट्रिय मूल्य १५ लाख रहेको एसएसबी ४२औं वाहिनीका कमाण्डेन्ट गंगा सिँह उदावतले बताए । पक्राउ परेकी ती महिलालाई आवश्यका कारवाहीका लागि जिल्ला अदालत बहराइच पठाइएको त्यहाँबाट सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।
2024-09-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार