जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ । जाडो मौसममा चिसोले जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिहरु विरामी पर्न थालेपछि गाउँपालिकाले कम्बल वितरण शुरु गरेको हो । गाउँपालिका अध्यक्ष छब्बन खाँले केही प्राविधिक कारणले कम्बल वितरण गर्न ढिला भएको बताउँदै आगामी दिनहरुमा पनि नागरिकका समस्या समाधानका लागि अन्य सेवा सुविधाहरु थप गर्दै जाने बताए । अपांगता भएका ब्यक्तिका बुवा जानकी–२ बेलभारका सहजराम कोरीले कम्बल पाएर धेरै खुशी भएको बताउँदै आउने दिनहरुमा अरु सेवा सुविधा पनि बढाइदिन आग्रह गरेका छन् ।
जानकी गाउँपालिका क्षेत्रभित्र बसोवास गर्ने असहाय, अपांगता भएका, जेष्ठ नागरिक सबैलाई सम्मान स्वरुप केही गर्नुपर्छ भन्ने उद्देश्य तथा स्थानीय सरकार घरदैलोमै छ भन्ने महसुस होस् भनेर कम्बल वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक बताउँछन् ।
१ देखि ६ नम्वर वडामा रहेका जेष्ठ नागरिक, विपन्न र असहाय तथा अपांगता भएका व्यक्तिलाई ९०० थान कम्बल वितरण गरिएको छ । कम्बल वितरण कार्यक्रममा अध्यक्ष खाँ, प्रमुख प्रशासकीय अधिकृत विक, सामाजिक विकास समितिका संयोजक राम आचल धोवी, योजना शाखाकी प्रमुख शोभा पौडेल, प्रशासन प्रमुख गोपीचन्द्र चौलागाई, पालिकाका कर्मचारी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार