Listen LIVE

बाँकेमा गत आर्थिक वर्ष ९०२ उजुरीमध्ये ७८८ फछ्यौट

नेपालगञ्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जमा गत आर्थिक वर्ष २०८१/८२ मा परेका ९०२ उजुरीमध्ये ७८८ उजुरी फछ्यौट भएका छन्। फछ्यौट दर ८७.३६ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार अघिल्लो वर्षबाट सरेका १६९ र सो वर्षमा परेका ७३३ उजुरी गरी ९०२ उजुरी दर्ता भएका थिए।

अख्तियारका तथ्याङ्कअनुसार देशभर उक्त आर्थिक वर्षमा पहिलो त्रैमासिकमा ७,६६८, दोस्रोमा ५,७५६, तेस्रोमा ६,४७९ र चौथोमा ८,६५१ उजुरी परेका थिए। यसरी कुल २८,५५४ उजुरी परेकोमा अघिल्लो वर्षबाट सरेका ८,४७२ सहित कुल ३७,०२६ उजुरी दर्ता भएको हो।

तीमध्ये २९,७०३ उजुरी फछ्यौट भएका छन् भने ७,३२३ उजुरी अनुसन्धानको क्रममा रहँदै आगामी आर्थिक वर्ष २०८२/८३ मा सारिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया