नेपालगञ्ज : बाँकेका अग्रज पत्रकार डिल्ली विसीलाई पितृ शोक परेको छ । विसीका बुवा सल्यान जिल्ला कुपिण्डे बनगाड नगरपालिका वडा नम्बर ५ च्युरा निवासी ९० बर्षीय पुरन सिंह विष्टको विहिबार निधन भएको छ ।
विष्टको निधनमा नेपाल पत्रकार महासंघ बाँके शाखाले दुःख ब्यक्त गरेको छ । सचिव कृष्ण वलीले आज एक शोक बक्तब्य निकालेर शाखाका साधारण सदस्य, रेडियो हातेमालोका स्टेशन म्यानेजर, अग्रज पत्रकार बिसीका बुवाको दुःखद् निधन भएको खबरले नेपाल पत्रकार महासंघ बाँके शाखा स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् ।
“दुःखको यस घडीमा स्वर्गीय विष्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछौं, नेपाल पत्रकार महासंघ बाँके शाखा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ,“ शोक बक्तब्यमा भनिएको छ ।
2025-01-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार