दैलेख : सिकार खेल्न गएका युवकको छर्रा लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा महावु गाउँपालिका –४ काप्रीखोलाका ३५ वर्षीय पूर्णबहादुर सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले सिकार खेल्न गएका सूर्यबहादुर थापा बलामी लडेको बेला भरुवा बन्दुक पड्किँदा मगरको छातीमा छर्रा लागेर घटनास्थलमै मुत्यु भएको जानकारी दिए ।
उनले भरुवा बन्दुकसहित बलामी र ओमबहादुर थापा बलामीलाई नियन्त्रण लिई अनुसन्धान गरिरहेको बताए ।
2025-06-06
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार