Listen LIVE

बर्दियामा अवैध सालको काठ बरामद

बर्दिया : प्रहरी चौकी ताराताल बर्दियाबाट खटिएको प्रहरी गस्तीटोलीले अवैध साल जातको काठ बरामद गरेको छ ।

बर्दिया मधुवन नगरपालिका वडा नं. ७ गंगा बस्ती एरियामा गस्ती गर्दैजाने क्रममा चोरी तस्करी गरी ल्याएको अवैध साल जातको काठ एक गोलिया ९ क्यु फिट र सोही एरियामा गस्ती गर्दैजाने क्रममा साल जातको काठको गोलिया ५ थान चोरी पैठारी गरी लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त बरामदका काठ आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालय गुलरिया बर्दिया बुझाईएको छ ।

प्रतिक्रिया