Listen LIVE

ठुलो परिमाणमा बर्दियामा अवैध सामग्री बरामद

बर्दिया : बर्दियाबाट प्रहरीले ठुलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार भारतबाट अवैध रूए ल्याइएको भन्सार छलीको ३ लाख ६७ हजार ५२० रुपैयाँको सामग्री बरामद गरिएको हो ।

बाँसगढी नगरपालिका–१ रत्न राजमार्गस्थित चेपाङपुलबाट जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी चेपाङको टोलए उक्त रकम बराबरको अवैध सामन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

बरामद गरिएका पिय पदार्थ, किराना, लत्ताकपडालगायतका अवैध सामग्रीलाई आबश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय बुझाइएको बर्दिया प्रहरीले जनाएको छ ।

प्रतिक्रिया