Listen LIVE

बर्दियामा ६ जना जुवाडे पक्राउ

बर्दिया : जुवातास खेलिरहेका ६ जनालाई नगद र ताससहित प्रहरीले बाँसगढी नगरपालिका–४ बाट पक्राउ गरेको छ ।

सोही वडाको मगरपुरस्थित कुखरा फार्म रहेको कृष्ण अधिकारीको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी ऋषिराम घर्ती मगरले पक्राउ पर्नेमा अधिकारी, प्रकाश थारुसहित ६ जना सोही ठाउँको रहेको बताए ।

जुवा खेल्ने ठाउँबाट नगद ४४ हजार २ सय ९० रुपैयाँ, लु ९७ प ३०९ नम्बरको मोटरसाइकल खेल्दै गरेको १ सय १० पत्ता तास, नखोलेको ३ गड्डी ताससहित मोबाइल सात थान बरामद गरेको उनले जनाए ।

पक्राउ गरिएका ६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया