नेपालगञ्ज : गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई ३४ओैं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा बुधबार राष्ट्रिय सम्मान प्रदान गरिएको छ ।
लामो समयदेखि अपाङ्गताका सवाललाई सञ्चार माध्यमबाट उजागर गरेको जनाउँदै राष्ट्रिय अपाङ्ग महासंघ नेपालले ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाण्डामा आयोजना गरिएको एक कार्यक्रममा सम्मान गरिएको हो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा प्युठानका सञ्चारकर्मी जुमानिसंह केसीलगायत अपाङ्गता क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विभिन्न व्यक्तिलाई मन्त्री खरेल र काठमाडौ महानगरका उपप्रमुख डंगोलले सम्मान गरिन् । कार्यक्रम राष्ट्रिय अपांग महासंघ नेपालका अध्यक्ष देविदत्त आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार