काठमाण्डौ : लामो समयदेखि अमेरिकामा बस्दै आएका कुनै समयका चर्चित अभिनेता जीवन लुइँटेल नेपाल आइपुगेका छन् ।
कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘शिरिषको फूल’को शीर्ष भूमिकामा उनले अभिनय गर्नेछन् । पारिजातको चर्चित उपन्यासको मुख्य पात्र सुयोगवीरको चरित्रमा उनी देखिनेछन् ।
बीचमा अन्य कारणले नेपाल आइरहेपनि अभिनयमा पुनरागमनको लागि भनेरै आएको यो पहिलोपटक हो । ७ वर्षपछि उनी अभिनयमा फर्किन लागेका हुन् । उनको पछिल्लो फिल्म ‘सुकुलगुण्डा’ सन् २०१८ मा रिलिज भएको थियो ।
अहिले यो नाटकको कार्यशाला कान्तिपुर थिएटरमा चलिरहेको छ जहाँ जीवनसहित अभिनेत्री सनिशा भट्टराई पनि सहभागी छिन् । सनिशाले सकम्बरीको भूमिकामा अभिनय गर्दैछिन् ।
कान्तिपुर थिएटरले जीवन र सनिशाको पहिलो भेटको भिडियो सार्वजनिक गरेको छ । जहाँ, सनिशाले जीवनलाई स्वागत गरेको देखिन्छ । नाटकमा सनिशाले अभिनय गर्ने भन्ने सुनेपछि आफूले सनिशाको पछिल्लो फिल्म ‘नरसिंहा अवतार’को गीत ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’लाई दुईतीनपटक दोहो¥याएर सुनेको जीवनले बताए ।
कान्तिपुर थिएटरले साउन पहिलो सातादेखि यो नाटक मंचनको तयारी थालेको कलेज प्रमुख प्रकाश पुरीले जनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार