Listen LIVE

लुम्विनी प्रदेश सरकारद्वारा कोहलपुरबासीको माग सम्वोधन

कोहलपुर (बाँके) : राजनीति दल र जनप्रतिनिधिहरुको दवावपछि अन्ततः लुम्विनी प्रदेश सरकारले कोहलपुरबासीको मागलाई सम्वोधन गरेको छ । कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्न लामो समयदेखि यहाँका राजनीति दल तथा जनप्रतिनिधिहरुले प्रदेश सरकारलाई दवाव दिँदै आएका थिए । तर सार्थकता पाउन सकिरहेको थिएन् । 

कोहलपुर नगरपालिकाले यातायात कार्यालयका लागि कोहलपुरमा भवन नै उपलब्ध गराउने निर्णयसहितको ध्यानाकर्षण पत्र लुम्विनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई बुझाएको थियो । राजनीतिक दलका प्रतिनिधिसहित नगर प्रमुख पूर्ण प्रसाद आचार्य नेतृत्वको टोलिले उक्त पत्र गएको कार्तिक १३ गते मुख्यमन्त्री आचार्य र यातायात मन्त्री न्यौपानेलाई बुझाएका थिए । 

कोहलपुर नगरपालिकाको २०८० माघ १५ गते बसेको कार्यपालिका बैठकले यातायात कार्यालयका लागि कोहलपुर ११ पुरानो वसपार्कमा रहेको टर्मिनल भवनहरु उपलब्ध गराउने निर्णय सहितको पत्र लुम्विनी प्रदेश सरकारलाई बुझाइसकेको छ । नेपालगञ्जमा अहिले यातायात कार्यालय भाडामा सञ्चालित छ । 

‘कोहलपुरमा पर्याप्त पूर्वाधारसहित ट्रयाल परीक्षा पनि कोहलपुरमै हुने भएकाले स्वभाविकरुपमा यातायात कार्यालयको सेवा विस्तार आवश्यक थियो कोहलपुर नगरपालिकाकी कार्यबाहक नगर प्रमुख संगिता सुवेदीले भनिन–‘कोहलपुर नगरबासीसहित छिमेकी राप्तीसोनारी र बैजनाथ गाउँपालिकाका स्थानीयलाई पनि अव धेरै सहज हुने भएको छ ।’

प्रतिक्रिया