नेपालगञ्ज : बाँकेको नेपालगञ्जबाट ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
लागुऔषध खरिद बिक्री भइरहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले नेपालगञ्ज उपमहानगरपालिकाका दुई स्थानबाट १० ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित एक युवती र दुई युवक गरी ३ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बुधबार साँझ साढे ६ बजे नेपालगञ्ज–९ का ४९ वर्षीय नरेश खटिक र सुर्खेतको गुर्भाकोट नगरपालिका–७ घर भई हाल नेपालगञ्ज–१३ स्थित बुलबुलिया नजिक डेरा गरी बस्दै आएकी ४० वर्षीया सुनिता परियारलाई ८ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र दुई थान मोबाइलसहित पक्राउ गरिएको हो ।
कोठामै खैरो हेरोइनको कारोबार गरिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई आबश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय नेपालगन्ज बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी लागुऔषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालयकै टोलीले नेपालगञ्ज–१६ स्थित जयसपुरबाट २ ग्राम खैरो हेरोइनसहित २४ वर्षीय युवक सल्मान कबाडियालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज–१५ घर भएका सल्मानलाई बुधबार राति खैरो हेरोइनको बिक्री गर्न जान लागेको अवस्थामा पक्राउ गरी आबश्यक कारबाही तथा अनुसन्धानका लागि वडा प्रहरी कार्यालय नेपालगञ्जमा बुझाएको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार