नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकास्थित सशस्त्र प्रहरीको बिओपी गंगापुरले राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ ।
गएराति राप्तीसोनारी गाउँपालिका–६ र डुडुवा गाउँपालिका–५ को सिमानामा राप्ती नदीको भँगालोमा फसेका तीन जनालाई बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको विपद व्यवस्थापन सहितको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नं. ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।
डुडुवा गाउँपालिकाले लगाएको ठेक्कामा बालुवा लोडको काम सकेर फर्कने क्रममा राप्ती नदीमा एक्कासी आएको बाढीले उनीहरुलाई बगाएर भँगालोमा पु¥याएको थियो । राप्तीको भँगालोमा मानिसहरु फसेको खबर पाए लगत्तै उद्धार सामग्रीसहित बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा टोली घटनास्थल पुगेको हो ।
टोलीले करीब एक घन्टा लगाएर उनीहरुलाई सकुशल राप्ती नदीबाट बाहिर ल्याएको हो । कम्दीस्थित इलाका प्रहरी कार्यालयको टोली, जिल्ला प्रहरी कार्यालय बाँकेको टोली र सशस्त्र प्रहरीको फत्तेपुरस्थित अप्पर पोस्ट लगायत उद्धार कार्यमा खटिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार