Listen LIVE

२ किलो ९६ ग्राम चरेससहित एक जना पक्राउ

बर्दिया : बर्दियामा प्रहरीले २ किलो ९६ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखरस्थित एरियामा चरेस लिएर हिँडिरहेका जाजरकोटको जुनिचाँदे गाउँपालिका–५ मइपका १९ वर्षीय कृष्ण थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय, मैनापोखरबाट खटिएका प्रहरीले शंका लागि चेकजाँच गर्दा ४ पोका प्लाष्टिकले बेरिएको उक्त पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका थापालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया