Listen LIVE

बर्दियाका नाकाबाट ३ सय ३५ जनाको उद्धार

बर्दिया : माइती नेपालले एक वर्ष यता ३ सय बढी महिला तथा बालबालिकालाई बर्दियाका विभिन्न सिमानाकाबाट उद्धार गरेको छ । उनीहरूलाई बढी जसो गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकासंग जोडिएको नेपाल भारत सिमाबाट उद्धार गरेको हो ।

गुलरियामा आयोजित मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सञ्चारकर्मीसंग गरिएको अन्तरक्रिया कार्यक्रममा माइती नेपालले उक्त जानकारी गराएको हो ।

सन् २०२४ मा जोखिमपूर्ण यात्रामा रहेका ३ सय ३५ महिला तथा बालबालिकालाई सिमानाकाबाट उद्धार गरी आफ्न्तीलाई बुझाएको माइती नेपाल, बर्दियाकी प्रमुख गायत्री रिमालले बताइन् । तीमध्ये उद्धार गरिएका बर्दियाका २ सय २६ जना र अन्य विभिन्न जिल्लाका महिला तथा बालबालिका रहेका छन् ।

’१८ वर्ष मुनिका २ सय ३७ किशोरी र अन्य १८ वर्ष माथिका महिलालाई उद्धार गरेका थियौँ,’ उनले भनिन्, ‘सोही अवधिमा श्रम र यौन शोषणमा परेका ३ जनालाई पनि उद्धार गरिएको छ ।’

प्रतिक्रिया