Listen LIVE

चार वर्षमा पनि बनेन पुल

दाङ : निर्माण व्यवसायीको लापर्बाहीका कारण डेढ वर्षमा बन्नुपर्ने पुल चार वर्षभन्दा बढी समय बित्दासमेत बन्न सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–१७, गैरागाउँ र घनिबगिया जोड्ने ४० मिटर लम्बाइको कटुवाखोला पुल निर्माणमा ढिलो भएको हो । 

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले बर्सातको समयमा दुःख पाउने गरेका छन् । २०७९ साल माघसम्म पुल निर्माणको काम सक्ने गरी २०७८ असार १४ गते महादेव खिम्ती अञ्जना जलजला जेभी काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो । 

सडक पूर्वाधार विकास कार्यालय दाङका सूचना अधिकारी लीलाधर गिरीले चार करोड १७ लाख २४ हजार रुपैयाँमा पुल निर्माणको जिम्मा पाएको महादेव खिम्ती अञ्जना जलजला जेभीले काम गर्न नसकेपछि चालु आर्थिक वर्षदेखि नयाँ निर्माण कम्पनीले पुल निर्माणको काम गरिरहेको जानकारी दिए । उनले ठेक्का लागेको लामो समयसम्म अलपत्र परेको पुल निर्माणले पछिल्लो समय गति लिएको बताए । 

सूचना अधिकारी गिरीका अनुसार खिम्ती अञ्जना जलजला जेभी काठमाडौँकै ठेक्का रहने गरी निर्माण व्यवसायी डिल्ली डाँगीले पुल निर्माणको जिम्मा लिएपछि अहिले करिब ७० प्रतिशत पुल निर्माणको काम सकिएको छ । 

नयाँ निर्माण व्यवसायीले पुल निर्माणको जिम्मा लिएपछि कामले गति लिएको भन्दै सूचना अधिकारी गिरीले भने, “नयाँ निर्माण व्यवसायीले पुल निर्माणको काम जिम्मा लिएपछि कामले गति लिएको छ ।

प्रतिक्रिया