Listen LIVE

सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु

दाङ : दाङमा सर्पको टोकाई वाट १ जना पुरुषको मृत्यु भएको छ । दाङको  राजपुर गाउँपालिका–३ खरदरियामा सर्पको टोकाइबाट ५५ वर्षीय शालिकराम यादवको मृत्यु भएको हो ।

घरपरिवारका अनुसार यादवलाई आज बिहान करिब ५ बजेतिर घरभित्र योगा गर्दै गरेको अवस्थामा कोब्रा सर्पले टोकेको थियो । सर्पको टोकाइलगत्तै उनलाई  तत्काल गढवास्थित सर्प दंश उपचार केन्द्रमा पुर्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही लगिएको थियो ।

प्राप्त जानकारी अनुसार, उपचारको क्रममा घोराहीमै यादवको निधन भएको हो । घटनाबारे जानकारी गराउँदै मृतकका छोरा ओम नारायण यादवले उपचारकै क्रममा बाबुको मृत्यु भएको पुष्टि गरे ।

प्रतिक्रिया