Listen LIVE

कोहलपुरमा बसले मोटसाइकललाई ठक्कर दिँदा २ जना घाइते

नेपालगञ्ज : कोहलपुर नगरपालिका १० हाइस्कूल नजिकै बसले मोटसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

काठमाडौबाट नेपालगञ्ज आउँदै गरेको भे.१ख. ३७०९ नम्वरको बसले ना. १३ प ६१४० नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा खजुरा गाउँपालिका वडा नं २ वस्ने बर्ष २२ का तेज विक्रम मल्ल र सोहि वाईकमा सवार उनकी धर्म पत्नि मनिषा रोकाय घाईते भएको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार, मल्ल्को टाउकोमा चोट लागेको र उनकी पत्निलाई समेत सामान्य चोट लागेको वताईएको छ । दुवै जना घाईतेको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया