काठमाण्डौ : डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुपप्र ०१००१ ख ३४२८ नम्बरको मिनी ट्रक भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका– १ गोल्डेनमा बुधबार बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो । मिनी ट्रक खाद्यान्न बोकेर धनगढीबाट बझाङतर्फ गइरहेको थियो।
मृतक दुईजनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माले बताए।
2025-04-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार