Listen LIVE

डुडुवामा एक जना पुरुष मृत अवस्थामा फेला

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

गाउँपालिकाको वडा नम्बर २ स्थित रामबली लखेरको बगैंचामा पहिचान नखुलेको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

माघ २२ गते मंगलबार बिहान ७ बजे उक्त बगैंचामा झुण्डिएको अवस्थामा मृत फेला परेका अन्दाजी ४०–४५ वर्षका पुरुषको हालसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीले सबै कार्य पूरा गरेर मृतकको शवलाई भेरी अस्पतालको शव गृहमा राखेको जनाउँदै उक्त मृत पुरुषको पहिचानका लागि चौतर्फी खबर गरिएको जनाएको छ ।

प्रहरीका अनुसार मृतक पुरुष गहुगोरो बर्ण भएको, उचाई ५ फिट ५ इन्च, खैरो कलरको लाम्बाउले हाइनेक र खैरो कलरको टाउजर लगाएको पहाडी समुदायको जस्तो देखिने व्यक्ति रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया