Listen LIVE

साहित्यकार सम्मानित

नेपालगञ्ज : अठारौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा महेन्द्र पुस्तकालय नेपालगञ्जले दुई जना साहित्यिक साधकलाई सम्मान गरेको छ ।

नेपाली भाषा साहित्यका विशिष्ट व्यक्तित्व प्राडा कृष्णप्रसाद घिमिरेलाई माधुरी वीरविक्रम ज्ञानमाला–३ पुरस्कार र नेपाली हास्यव्यङ्ग्य तथा साहित्यका बहुविधाका साधक प्राज्ञ उत्तमकृष्ण मजगैँयालाई माधुरी स्मृति साहित्य सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । दुवै पुरस्कारको राशि २०–२० हजार रुपैयाँ रहेको थियो ।

सोही कार्यक्रममा पुस्तकालयका सर्वाधिक नियमित पाठकको सम्मान उच्च अदालतका अधिकृत मोतीप्रसाद देवकोटालाई र कविता प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः तीन हजार, दुई हजार, एक हजार र सान्त्वना दुई जनालाई  पाँच–पाँच सय र प्रमाणपत्र प्रदान गरिएको थियो ।  सो कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्यसचिव वरिष्ठ कथाकार सनतकुमार रेग्मी, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशिराम कार्की तथा प्राज्ञ डा. हरि तिमिल्सिनाले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया